• केशव पाठक

काँग्रेसकाे  १४ औँ महाधिवेशबाट परिवर्तनको अपेक्षा गर्नेहरू धेरै छन् । याे अपेक्षा भनेकाे नितान्त नेतृत्वमा क्रमभङ्गता नै हाे । त्याे क्रम भङ्गताभित्र येाग्य तथा युवाहरूकाे हावी सबैले अपेक्षा गरेकाे विषय हाे । काँग्रेसका भाेटर्सदेखि काँग्रसका समर्थकसम्मकाे एउटै अभिमत भनेकाे  फेरि शेरबहादुर देउवा वा साे सरहका व्यक्तित्वकाे नेतृत्व अब काँग्रेसे थेग्न सक्दैन भन्ने हाे । अझै शेरहावहादुर देउवा वा उनी सरहका अरूका व्यक्तिले काँग्रेस हाँक्नु भनेकाे निश्चितरूपमा काँग्रेस सकिनु हाे । थेरै पनि परिवर्तन गर्न सकिएन भने नेपालकाे काँग्रेकाे हालत भारतमा काँग्रेस आइकाे हालतभन्दा बत्तर हुने देखिन्छ ।

याे तिताे यथार्थ भए पनि यस यथार्थलाइ के काँग्रेसले आत्मसात गर्न सक्ला ? ७५ का उमेर काटेका शेरबहादुर देउवामा देखिकाे पुनः नेतृत्व इच्छाले काँग्रेस परिवर्तन उन्मुख नभएकाे सरासर देखाउँछ । देउवाकाे याे अतिरन्जितपूर्ण चाहनामा युवा नेता भनाउँदाहरू पनि साथमा देखिनु विडम्वनापूर्ण छ  ।

कांग्रेसमा यसपटक ठूलाे संख्यामा युवा पुस्ता क्रियाशील सदस्यमा प्रवेश गरेका छन् । सूचीकृत ८ लाख क्रियाशील सदस्यमध्ये हस्तक्षेपकारी भूमिकामा यसपटक युवा पुस्ता देखिन सक्छन् । थपिएका क्रियाशील सदस्यहरूमा २५ देखि ४० वर्ष उमेर समूहका सदस्य सबैभन्दा बढी रहेको बताइन्छ । यसपटकको महाधिवेशनमा युवा पुस्ताका नेताको पदाधिकारीसहित केन्द्रीय कार्यसमितिमा सार्थक हस्तक्षेप हुने दाबी कांग्रेसवृत्तमा भइरहेको छ । युवा क्रियाशील सदस्यको बलमा युवा नेताहरुले पदाधिकारीमा दाबी गर्ने आशा गरिएकाे छ  । तर नेतृत्व परिवर्तनकाे शुरूवात तथा युवाहरूकाे हस्तक्षेप इकाइदेखि हुन आवश्यक छ ।केन्द्रि सभापतिकाे शेरबहादुर देउवाकाे प्रतिविम्व हरेक इकाइमा देखिन्छ । ती सबलाइ पाखा लगाउन आवश्यक छ ।

काठमाडाैँ क्षेत्र नं ४ काँग्रेसमा नेताका निकट,  झाेले र हस् पात्रकाे हावी

देशमै युवा नेताहरूमध्ये सबैभन्दा रूचाइएका र सबैले सरहाना गरेका नेता हुन् गगन थापा । थापा काठमाडाैँ क्षेत्र नं ४ का सांसदमात्र नभै यसै क्षेत्रका स्थायीवासी हुन् । यहि क्षेत्र नं ४ काे क्षेत्रीय कमिटिमा कुनै बेला गगन थापा क्षेत्रीय सभापति पनि थिए । थापाकाे क्षेत्रमा काँग्रेसकाे हालत के कस्ताे हाेला भन्ने चासाे सबैलाइ छ । याे क्षेत्रमा युवा र याेग्यहरूले नै स्थान पाउलान् वा पाउन् भन्ने सबैकाे चाहना हुनेगर्दछ ।

बुढानिलकण्ठ नगरपालिकाका ८ वटा र काठमाडाैँकाे महानगरपालिका ४ वटा वडा रहेकाे  काठमाडाैँ क्षेत्र नं ४ मा सर्सर्ति हेर्दा याेग्यताका आधारमा इकाइदेखि बुथ र क्षेत्रमा अधिवेशन हुने सम्भावना भने कम देखिन्छ । सांसद तथा केन्द्रिय सदस्य गगन थापाका मान्छे, क्षेत्रीय सभापति राजु श्रेष्ठका मान्छे वा नेता प्रकाशमान सिंहका मान्छे भएका वा नभएका आधारमा अधिवेशनमा एउटा मान्छे अगाडि बढ्ने वा पछाडि पर्ने अबस्था देखिएकाे छ ।

४ वर्ष पूर्णतः निस्क्रिय रहेर अधिवेशन आएपछि सक्रिय रहने आम काँग्रेसकाे दुर्गुणकाे शिकार क्षेत्र नं ४ काँग्रेसभित्र पनि जस्तात्यस्तै छ । बुढानिलकण्ठ नगरपालिकामा एमालेकाे यावत् ज्यादतिमा आँखा चिम्लेर साथ दिएजस्ताे गरेर ४ वर्ष बिताएकाे काँग्रेस यतिखेर नेतृत्व लिनका लागि भने हानाथापमा छ । ४ वर्ष काँग्रेसका अस्तित्व नदेखिएकाे मात्र नभै गत स्थानीय चुनावमा आफ्नै उम्मेदवारलाइ हराउन लागेका भनेर चिनिएका व्यक्तिहरू  यतिखेर क्षेत्रदेखि इकाइ, नगर कमिटिदेखि प्रदेशसम्म जान गुटगत भेलामा व्यस्त छ । १३ औँ महाधिवेशनपछि नाक मुख नदेखिएका उमेरले बुढ्याैली वयमा टेकिसकेकाे एक दर्जन नेताहरू यतिखेर गगन, राजु वा प्रकाशमान सिंहकाे नाममा बिभिन्न पदमा दावी गरिरहेका छन् ।

यसमा दुखद पक्ष के हाे भने गगन थापा तथा राजु श्रेष्ठकाे क्षेत्रमा युवा तथा याेग्यलाइ अगाडि बढाउने याेजना तथा मनसायभने कहिल्यै देख्न पाइएन । स्थानीय तहमा लज्जास्पद हारेकाे काँग्रेसले त्याे हारकाे कुनै समिक्षा एवम् आलाेचना आत्मालाेचनासम्म गरेन । संगठनमै बसेर लज्जास्पद हार व्यहाेरेकै कतिपय क्षेत्र एवम् इकाइस्तरका नेताहरू नै यतिखेर पदका लागि हानाथापमा व्यस्त छन् । याे विषयलाइ न संगठन प्रमुख राजु श्रेष्ठले ध्यान दिन भ्याएका छन् न युवा नेता गगन थापाले नै ।

महाधिवेशनकाे मुखमा क्षेत्र नं ४ काँग्रेसले विगतका सबै दुखेसाे, गुनासाे तथा समस्या भूलेकाे छ । हिजाे चुनावमा हार्न भूमिका निर्बाह गर्नेहरू नै यतिखेर पदका लागि तयार भएर बसेका छन् । यिनै हुक्के, बैठके तथा दासरूपि पात्रहरूलाइ जिताउन क्रियाशील सदस्यहरू भाेटका तम्तयार भएका छन् । निश्चित नै भने हुन्छ यिनै हुक्के, बैठके र “हस” भन्ने पात्र नै १४ औँ महाधिवेशनमा क्षेत्र नं ४ का बिभिन्न पदमा आउने छन् । नेताका निकट, झाेले तथा हस् भन्ने  याेग्यताभित्र पर्ने केही युवाहरू पनि पक्कै पदमा देखिनेछन् । निश्चितझैँ लाग्छ,   क्षेत्र नं ४ मा याेग्यकाे पहिचान, छनाैट र चयन हुनेवाला छैन ।