सांसद तथा नेका नेता गगन थापाकाे पहलमा काठमाडाैँँकाे नक्सालस्थित प्राचिन एवम् पाैराणिक नन्दिकेशर मन्दिर पुनःनिर्माण हुँदैछ । आफ्नाे निर्वाचन क्षेत्रकाे धार्मिक, सांस्कृतिक महत्वका धराेहरहरूकाे विकासमा सक्रिय रहेका नेता थापाकाे पहलमा यस मन्दिरलाइ पुरातत्व विभागले पुनःनिर्माण गरिरहेकाे हाे । प्राचीन शिखर शैलीमा रहेकाे यस मन्दिरलाइ साेही शैली र विशिष्टताकाे आधारमा निर्माण कार्य हुँदैछ ।

काठमाडाैँ निर्वाचन क्षेत्र नं ४ भित्रका धार्मिक तथा सांस्कृतिक सम्पदाहरूकाे जगेर्ना एवम् संरक्षण हेतु नेता थापाले अभियानकै रूपमा काम गरिरहेका छन् । यस अभियानले विशेषतः सम्पदाहरूकाे महत्वलाइ प्रचारप्रसार गरि नयाँ पुस्तामा पुर्याउने भूमिका खेल्छ ।