हरेक वर्ष वर्षासँगै राजधानीका विभिन्न स्थान जलमग्न बन्ने गरेको छ । विगतमा वर्षहरुमा पनि यो समस्या राजधानीबासीले भोग्दै आएपनि सम्बन्धित निकायले दीर्घकालीन समाधान नखोज्दा यो समस्या बारम्बार दोहोरिने गरेको छ ।

याे वर्ष भारी वर्षाकाे पूर्वानुमान गरिएकाे छ । आज एक्कासी ठूलाे वर्षाहुँदा राजधानीको बानेश्वर क्षेत्र जलमग्न बनेको छ । ढलको उचित व्यवस्थापन नहुँदा बानेश्वरका केही घरमा पानी पसेको छ भने घट्टेकुलो क्षेत्र पनि जलमग्न बनेको छ । याे तस्वीर घट्टेकुलाे क्षेत्रकाे हाे ।