भ्वाइस अफ नेपालकाे सिजन ३ मा आफ्नाे प्रस्तुतिले वाहवाही पाएकी काठमाडाैँ बुढानिलकण्ठकी निहारिका ज्ञवाली अर्काे राउण्डमा पुग्न कडा मेहनत गरिरहेकी छिन् । टप १२ मा पुग्दा उत्कृष्ट प्रस्तुति दिएकी निहारिका अर्काे राउण्डका लागि पूर्ण तयारीमा छिन् । उनी टिम प्रमाेदकी सदस्य हुन् ।

भ्वाइस अफ नेपालकाे अर्काे राउण्डमा पुग्न निहारिकालाइ अब प्रस्तुतिसँगै राम्राे भाेटकाे पनि आवश्यक छ । निहारिकालाइ जिताउन भनेर कुनै ठूलाे क्याम्पेनिङ नचले पनि उनकाे प्रस्तुतिका प्रशंसकहरू भने सक्रिय छिन् । निहारिकाकाे भाेटिङ काेड ९ रहेकाे भने भाेट गर्न ३७००० मा म्यासेज गर्न पर्दछ । याे भाेटिङ गर्न पाइने अबधि शुक्रबार ८ बजेसम्म रहेकाे छ ।