युथ काँग्रेस नेपालले नवनियुक्त गृहमन्त्री  बालकृष्ण खाणलाई युथ भेटी माइतीघर मण्डला लगायत काठमाडौंकाे कयौं स्थानमा काठमाडौं जिल्ला प्रशासनले लगाएको  अनावश्यक निषेधित क्षेत्र हटाउनुपर्ने भन्दै ध्यानाकर्षण गरेकाे छ । युथ काँग्रेसकाे तर्फबाट ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय संयाेजक सचिन तिमिल्सेनाले पूर्ववर्ति सरकारले स्वतन्त्रता कुण्ठित गर्न माइतीघर मण्डलालगायतका सार्वजनिक ठाउँहरूमा अनिश्चितकालिन निषेधाज्ञा लगाएर आम नागरीककाे अधिकार कुण्ठित गरेकाे जनाउँदै साे निषेधाज्ञा अन्त्य गर्न आग्रह गरेका थिए ।
युथ काँग्रेस नेपालकाे ज्ञापन पत्र बुझेपछि गृहमन्त्री खाँडले यस विषयलाई गम्भीरतापूर्वक लिएकाे भन्दै तत्कालै  आवश्यक कदम चाल्न गृह सचिवलाई निर्देशन दिउका थिए । मन्त्री खाँडले सहज तदारुकताकाे देखाएकाेप्रति युथ कांग्रेश नेपालले  गृहमन्त्रीलाइ धन्यवाद् दिँदै निषेधित क्षेत्र लगाइ आम नागरिककाे अधिकार कुण्ठित गर्ने यस अघिको सरकारकाे प्रयासलाई यस सरकारले भत्काउदै लाेकतन्त्रकाे रक्षा गर्ने छ भन्ने विश्वास  लिएकाे बताएकाे छ ।