नेपाली समाजमा साउन महिनाको धार्मिक तथाा सामाजिकरूपमा ठूलाे महत्व रहेकाे छ । पहिलाे दिन  सङ्क्रान्तिदेखि नै सांस्कृतिकरूपले भव्यता बाेकेर शुरू हुने याे महिनासँग माैलिक नेपालीपनका बिबिध पक्ष साक्षात्कार गर्न पाइन्छ । साउनकाे  पहिलो दिन लुतो फाल्ने प्रचलन छ । लुताे फाल्ने भनेर  भलायो, आरुको बियाँ, धसिङ्गरे, कुरिलो, उखुको पातलगायतका सामग्री नाङ्ग्लामा राखेर सालको काठको अगुल्टो बालेर धुवाँ बनाउँदै हुइँक्याउने गरिन्छ । नेपाली सामाजिक संस्कृतिकाे एक रूप देखिए पनि लुताे फाल्नुसँग बर्खायाममा हिलो, झरी हुने र यो समयमा फोहोरमैला बढी हुने भएकाले छाला चिलाउने समस्यालाइ सम्बाेधन गरिएकाे सन्दर्भ छ ।

असारमा धान राेपिसकेपछि त्यसैले साउन १ गते अर्थात् साउने सङ्क्रान्तिमा परम्परागत पद्धतिबाट लुतो फाल्ने प्रचलन छ ।खेत हिलाे आदिबाट मुक्ति पाएपछि मान्छेले लुताे फाल्नुलाइ सफाइसँग जाेडेकाे हुनपर्छ ।  मानिसबाट जनावर र जनावरबाट मानिसमा सर्ने अति चिलाउने र शरीरभरि फैलने चर्मरोगसँग भलाया, आरूकाे बियाँ, धसिङ्गरे, कुरिलाे र उखुकाे मेलमिलापलाइ व्याख्या नगरिए पनि  झरी र हिलो हुने यो बेला चर्मरोग लाग्ने भएकाले उपचार गर्न असहज पुरानाे जमानामा अगुल्टाे फालेर सम्बाेधन गरिएकाे हुनुपर्छ ।

संस्कृतिकाे रूपमा रहेकाे लुताे फाल्ने परम्परा अब बिस्तारै हराउँदै गएकाे छ । नयाँ जमानाका मानिसले लुताे फाल्नेलाइ महत्व दिएकाे पाइँदैन भने पुराना मानिसले यसकाे महत्वलाइ बाँढ्न सकिएकाे देखिदैन ।