याे कुनै मेला वा जात्राकाे फाेटाे हैन । काेभिडकाे खाेपका लागि ताेकिएकाे खाेप केन्द्रकाे फाेटाे हाे । पासाङ शेर्पाले याे फाेटाे खिच्दा यहाँकाे दृष्य देखेर भाउन्न हुने अबस्था थियाे । खाेप केन्द्रमा कति खाेप छ वा कतिजनालाइ लाइन लाग्न दिने कुनै तयारी बिना शुरू गरिएकाे खाेप अभियानमा स्थानीय जनप्रतिनिधिहरू आफ्नाहरूलाइ खुसुखुसु खाेप लगाउँदै गरेकाे देखिन्थ्याे । केही पार्टीका मानिसहरू पनि आफ्नाहरूलाइ सर्टकट बाटाेबाट खाेप लगाउन मरिहत्ते गरिरहेका थिए । मानिसहरूकाे डरलाग्दाे भीड लाग्दा पनि स्थानीय वडा कार्यालय, जनप्रतिनिधि तथा प्रहरी प्रशासन निस्तेज थिए । ती तिनै निकाय आफ्नाहरूलाइ खाेप लगाउन व्यस्त थिए ।

यस खेाप केन्द्रमा झडपसमेत भएकाे थियाे । खाेपमा अनियमितता भएकाे तथा जनतालाइ दुख दिएकाे भनेर झडप हुँदा स्थानिय युवा राजनीतिकर्मी नवराज खनाललाइ प्रहरीले हिरासतमा लिएकाे थियाे ।