नेपाली काँग्रेसका युवा नेता श्याम तिमिल्सिनाकाे पहलमा बुढानिलकण्ठका ३१ विपन्न परिवारलाइ खाद्यान राहत वितरण गरिएकाे छ । तिमिल्सिनाकाे व्यक्तिगत पहलमा सुनसरी दुहवी निवासी राकेश पन्तले साे राहत उपलब्ध भएकाे तिमिल्सिनाले बताएका छन् ।

३१ विपन्न परिवारमा हरेक परिवारलाइ १ बाेरा चामल,१ केजी दाल, १ लिटर तेल तथा नुन र साबुनसमेतकाे राहत वाग्मती प्रदेशका सांसद न्हुच्छेनारायण श्रेष्ठकाे हातबाट वितरण गरिएकाे थियाे । काठमाडाैँ क्षेत्र नं ४ मा क्षेत्रीयस्तरकाे राजनीति गर्ने तयारी गरिरहेका तिमिल्सिनाकाे राहत वितरण कार्यक्रममा सांसद श्रेष्ठसहित नेताहरू बिनोद चालिसे, राम प्रसाद लुइँटेल  रिता बुढाथोकी, श्याम डोटेल, देबेन्द्र राज पौडेलसहित टोल इकाई कमिटिका सभापति  तथा कार्यकर्ता को उपस्थिति रहेकाे थियाे ।