अधिवक्ता सन्ताेष भण्डारीद्वारा सञ्चालित पशुपति टाइम्स अनलाइनकाे कार्यालय उद्घाटन भएकाे छ । बुढानिलकण्ठ १० मा रहेकाे अनलाइनकाे कार्यालयलाइ नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले उद्घाटन गरेका छन् । पशुपति टाइम्स अनलाइन मिडियासहित हिमालयन लिगल ल फर्म पनि यसै कार्यालयबाट संचालित हुनेछ । पछिल्ला समय अत्यन्त सक्रिय तथा चर्चित अधिवक्ताका रूपमा भण्डारीलाइ चिनिने गरिन्छ ।

कार्यालय उद्घाटन समाराेहमा कार्यक्रममा पत्रकार यासिना महत कवि  श्रीकृष्ण सिम्खडासहित नेकाका स्थानिय नेताहरू साधुराम खड्का, रिता बुढाथाेकी,  श्याम  डोटेल ,राधेश्याम कार्की , महेन्द्र श्रेष्ठ, राम प्रसाद लुइँटेल, राजन केसीलगायतकाे उपस्थिति रहेकाे छ ।