बुढानिलकण्ठ नगरपालिकाकाे वडा नं ११ पैयाटारस्थित नागबेली पाखामा वृक्षाराेपण गरिएकाे छ ।  पैयाँटार हाइट खादा दहको दक्षिण तर्फ रहेको नागबेली पाखाकाे करिब सात रोपनी सार्वजनिक जमिनलाइ संरक्षण गर्ने हेतुले वृक्षाराेपण गरिएकाे हाे । स्थानीय पैयाटार आकाशदेवी नेवा समुहकाे पहलमा गरिएकाे वृक्षाराेपणमा लाइन्स क्लब अफ काठमाण्डौ नोभेला, लाइन्स क्लब अफ बुढानिलकण्ठ नेवा पुच, लाइन्स क्लब अफ काठमाण्डौ नमोबुद्दले बिरूवाहरू उपलब्ध गराएका थिए ।

वर्षा महिनामा वृक्षाराेपण गर्न मिल्ने  अम्बा, हर्राे, बर्राे , धुपी, जाकरन्डा, कपुर , तेजपत्ता, काइँयो, कल्की लगायतका १५० बिरुवाका साथमा फूलहरू पनि वृक्षाराेपण गरिएकाे थियाे ।

वृक्षाराेपणमा स्थानीय वडाध्यक्षदेखि लाइन्स क्लब , स्थानीय समाजसेवीहरू, संघ संस्थाका पदाधिकारीकाे उपस्थिति रहेकाे थियाे । वृक्षाराेपणपछि बाेल्दै वडाध्यक्ष राजु अधिकारीले सो पाखाे जग्गा संरक्षण गरि पार्क निर्माण कार्यको लागि नाप जाँच तथा सिमाङ्कन , तारबार र गुरु योजना बनाउन वडा कार्यालयले भुमिका खेल्ने बताएका थिए । (समाचार श्राेत तथा तस्वीरः सुदर्शन केसी)