काठमाडाैँ काँग्रेसभित्र राजु श्रेष्ठ चिरपरिचित नाम हाे । सबैलाइ समेट्न खाेज्ने राजनीतिभित्र युवा नेतृत्वलाइ पश्रय दिँदै आएका श्रेष्ठ मूलतः समाजसेवी नेताका रूपमा  चिनिन चिनिन्छन् । बृद्धबृद्धाकाे सेवाका लागि उनकाे सक्रियता मुक्तकण्ठले प्रशंसायाेग्य रहेकाे छ । ४ वर्षअघि बुढानिलकण्ठ नगरपालिकाकाे मेयर पदमा उठ्ने क्रममा उनले आफ्नाे प्रतिबद्धता जनाउँदा व्यक्त गरेका बुँदाहरूमा अधिकांश बुँदा सेवामुखी थिए । विकासका कतिपय कुराहरू निरन्तरताका आधारमा हुने भएकाले अबकाे सहरकाे राजनीति सेवामा केन्द्रित हुनुपर्छ भन्ने उनी धारणा राख्छन् । सेवा केन्द्रित राजनीतिकै परिधिमा बसेर नेपाली काँग्रेस काठमाडाैँ जिल्ला सभापति बन्ने तरखरमा छन् उनी । उनकाे याे तरखरलाइ धेरैले काठमाडाैँकाे सम्भावित सभापति भनेर अग्रिम घाेषणासमेत गरिसकेका छन् ।

हाम्राे राजनीतिले सम्भवतः भूल्न नहुने र भूलिरहेकाे विषय “सेवा” हाे । राजु श्रेष्ठ बेलाबेला भनिरहेका हुन्छन्,  “सेवालाइ केन्द्रबिन्दूमा राखेर जबसम्म राजनीतिलाइ हेरिदैन वा राजनीति गरिदैन जनमनमा राजनीतिले बास गर्न सक्दैन ।” हामी कताकता  भाषणकलामा पाेख्त, लाइफस्टाइल सहज भएकाे मानिसमै राजनीतिक भविष्य भएकाे नेता भन्ने बहकिरहेका बेला राजु श्रेष्ठ भन्छन्, “व्यक्तिकाे समाजप्रतिकाे सेवा, लगाव र निरन्तरताका आधारमा उसकाे राजनीतिक भविष्यलाइ मूल्यांकन नगरिँदा हामीले पटकपटक नेता भन्नेहरूबाट धाेका महशुस गरेका छाैँ ।”

राजु श्रेष्ठ पूर्णतः धार्मिक भावना भएका व्यक्ति हुन् । उनीलाइ भेट्ने जाे काेहिले थाेरैमात्र चिनजानमा उनीभित्र रहेकाे धार्मिक भावना र आध्यात्मिक चेत भेट्न सक्छ । यहि चेतका कारण हुनसक्छ उनी  आफै आफ्नाे बाेलीमा इमान्दारिता खाेज्छन् । बाेलेका कुरा पुरा गर्न तत्परतामात्र नभै हरक्षण सक्रियता देखाउँछन् । नेपाली काँग्रेसकाे १३ औँ महाधिवेशन हुँदा श्रेष्ठले आफू एक कार्यकालमात्र क्षेत्रीय सभापति हुने भनेका थिए । त्याे बाेलिलाइ उनले पुरापुर पुरा गरेका छन् । राजु श्रेष्ठले चाहे अझैँ पनि क्षेत्र नं ४ मा उनी सर्वसम्मत सभापति हुने वातावरण हुँदाहुँदै पनि उनले आफ्नाे बचनलाइ ताेडेनन् । उनले सहजरूपले आफू जिल्ला सभापति बन्नेतिर लागेकाे बताए ।

सम्भवतः नेपाली राजनीतिले गर्न नसकेकाे अभ्यास राजु श्रेष्ठले गरेका छन् । राजनीतिमा पद र कुर्सीका लागि जे पनि गर्ने अभ्यास भैरहेकाे बेला काठमाडाैँ क्षेत्र नं ४ काे सभापति पदलाइ सहजरूपले जसरी श्रेष्ठले हस्तान्तरण गर्दैछन् यसले सम्भवतः एउटा नयाँ दृष्टिकाेण जन्मिने आशा गर्न सकिन्छ ।

श्रेष्ठमा यसखाले इमान्दारिताकाे भाव आउनुमा उनीभित्र रहेकाे धार्मिक-आध्यात्मिक चेत र समाजसेवी भावना नै प्रमुख हाे । सडकमा दुःखी गरिब देखे भने उनी गाडीबाट ओर्लिएर सेवा गर्न तत्पर भैहाल्छन् ।  त्यतिमात्र नभै सडकमा छाडा छाेडिएका गाइबाच्छाहरूकाे सेवा पनि उन सक्रिय भैहाल्ने गरेकाे देखिन्छ ।

धार्मिकस्थलहरूकाे सफा गर्न हाेस् वा आपदविपद् परेकालाइ उद्धार र राहत दिन हाेस् उनी आफ्ना साथीभाइ डाकेर हिँडिहाल्छन् । श्रेष्ठकाे यहि सेवाभाव तथा राजनीतिक इमान्दारिताले हुनसक्छ धेरैले उनीभित्र सिद्धान्तनिष्ठ एवम् इमान्दार काठमाडाैँ जिल्ला सभापति भेटिरहेका छन् । उनलाइ जिल्ला सभापति बनाउन धेरै मानिस मरिहत्ते गरेर लागि परेकाे देखिन्छ ।