नेतै नेता बसाेबास गर्ने चुनावी क्षेत्र भएर पनि सांगठनिकरूपमा निरन्तर कमजाेर बनिरहेका काठमाडाैँ क्षेत्र नं ५ काे काँग्रेसलाइ १४ औँ महाधिवेशनले छाेएकाे छ । क्षेत्र नं ५ काे सभापतिदेखि इकाइ र नगर सभापतिका लागि केही नामहरू सशक्तरूपमा आफ्नाे दावी प्रस्तुत गरेका छन् । क्षेत्र नं ५  सभापतिकाे उम्मेदवारमा नेता श्याम खड्काले आफ्नाे सशक्त दावी प्रस्तुत गरेका छन् । काेभिडका कारण सामाजिक दुरीलाइ ध्यानमा राखेर आयाेजित एक छिटाेछरिताे कार्यक्रममा खड्काले भाेलिकाे सशक्त र सांगठनिक काँग्रेसका लागि आफू सभापतिमा उम्मेदवार बन्ने जानकारी गराए ।

केहीवर्षदेखि निरन्तर कमजाेर बन्दै गएकाे क्षेत्र नं ५ काँग्रेसकाे राजनीतिलाइ  परिवर्तन गरेर चुनाव जित्ने काँग्रेस बनाउन आफूले उम्मेदवारी घाेषणा गरेकाे बताउँदै खड्काले आफ्नाे क्षेत्रकाे सबै विषय समेटर बुँदागतरूपमा आफ्ना प्रतिबद्धता पनि प्रस्तुत गरे । काँग्रेस सुदृढ बनाउन संगठनमा धेरै काम गर्न आवश्यक रहेकाे बताउँदै उनले आफूलाइ बिजयी बनाएकाे खण्डमा पहिलाे र अन्तिम प्राथमिकता भनेकाे  संगठन नै हुने पनि बनाए ।

पार्क भिलेज हाेटेलमा इकाइ सभापतिहरूसँगकाे भेटघाट गर्दै खड्काले आफ्नाे क्षेत्रीय सभातपतिकाे सशक्त दावी प्रस्तुत गर्दै आफूलाइ बिजयी बनाउन आह्वान गरे । अब आउने बिभिन्नन स्तरका निर्वाचन लक्षित संगठन हुनपर्ने भएकाले अब अरूले गरिदेलान् भन्ने आशामा नभै आफैले अब पार्टी र संगठन राम्राे बनाउने बारे साेच्न आवश्यक रहेकाे भन्दै सवै इकाइ सभापतिलाइ आफूलाइ सहयाेग गर्न अपिल गरे ।

१२ जना इकाइ सभापतिसहित केही अरू नेताहरूकाे सहभागितमा रहेकाे उम्मेदवारी घाेषणा कार्यक्रममा खड्काले सहभागिलाइ पार्टी बनाउनका लागि म मेराे भन्दा पनि पार्टीलाइ सर्वाेपरी मानेर काम गर्न अभिप्रेरित गरे । क्षेत्र नं ५ मा श्याम खड्कासहित मनिष जाेशी, जनक श्रेष्ठ र राजेश अधिकारीले सभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । वर्तमान सभापति रमेश खड्काले फेरि एक कार्यकाल आफू सभापति बन्न इच्छुक रहेकाे अनाैपचारिक भन्दै आए पनि धेरैले उनलाइ अव नेतृत्व हस्तान्तरणमा दवाव दिइरहेकाे बताइएकाे छ ।