काठमाडाैँकाे उत्तरी भेकमा मनिष जाेशीलाइ समाजसेवी राजनीतिकर्मीका रूपमा चिनिइन्छ । तत्कालिन अबस्थामा टाेखाका दुइवटा गाविसमा काँग्रेसलाइ स्थापित गर्न ठूलाे भूमिका खेलेका जाेशी खेलकुदकर्मी पनि हुन् । नेपाली काँग्रेसकाे राजनीतिमा समाजसेवालाइ स्थापित गराएर अरूलाइ पनि सेवाकाे बाटाेमा हिँडाउन प्रेरणादायी भूमिका खेलिरहेका युवा नेता जाेशीले काठमाडाैँ क्षेत्र नं ५ काे क्षेत्रीय सभापति पदका लागि सशक्त उम्मेदवार घाेषणा गरेका छन् ।

संगठनबिनाकाे राजनीतिबाट अब कम्युनिस्टहरूसँग राजनीति गर्न नसकिने भन्दै उनले सांगठनिक काँग्रेस निर्माणका लागि आफ्नाे उम्मेदवारी दावी गरेका हुन् । काठमाडाैँ खबरसँगकाे एक भेटमा जाेशीले आफ्नाे क्षेत्रमा काँग्रेसलाइ सशक्त बनाउन सांगठनिक र निस्वार्थ मानिस नेतृत्व आउनु पर्ने बताए । आफ्नाे उम्मेदवारी यहि सशक्त र सांगठनिक नेतृत्वका लागि हुने भन्दै उनले “याे महाधिवेशनमा हामी चुक्याैँ भने काठमाडाैँ क्षेत्र नं ५ काँग्रेस माथि उठ्न गाराे हुनेछ ।”

क्षेत्र नं ५ मा टाेखाले अझै नेतृत्व गर्न नपाएकाे भन्दै याे पटक क्षेत्रकाे नेतृत्व टाेखाले गर्न आफू तत्परताका साथ लागे बताए । राजनीतिमा उच्च नैतिकता तथा आर्थिक पारदर्शिताका पक्षधर जाेशी क्षेत्र नं ५ काे राजनीतिलाइ ट्रयाकमा ल्याउन सांगठनिक क्षमता भएकाे सबल नेतृत्वकर्ता भनेर चिनिन्छन् ।

काँग्रेसकाे महामन्त्री,सहमहामन्त्रीदेखि दर्जनाैँ नेताहरूकाे बासस्थान रहेका क्षेत्र नं ५ लाइ काँग्रेसमय बनाउन काँग्रेसकाे सांठनिक रूपमा व्यापक फेरबदफ गर्न पर्ने बताउँदै जाेशीले यसका लागि सबैले त्याग तथा समर्पण देखाउन जरुरी भएकाे बताए । भेटघाट तथा छलफल व्यस्त रहेका जाेशी क्षेत्रीय सभापतिमा आफ्नाे दावीसहित सबै इकाइहरूमा पनि याेग्य र युवाहरुकाे नेतृत्वकाे पक्षमा जुटिरहेका छन् ।