• आकाश शर्मा

कहिलेकाहीँ सबैलाइ लाग्छ हाेला, यदि काँग्रेसमा गगन थापा नभएकाे भए के हुन्थ्याे हाेला ? याे लाग्ने क्रम घट्दा्े छैन बढ्दाे छ । गगन थापा जत्तिकाे मानिसले काँग्रेसकाे नेतृत्व लिउन् भनेर काँग्रेसका मान्छे र आम जनतामात्र हैन विपक्षीहरू पनि साेच्ने गर्छन् । देशकाे पुरानाे र प्रजातान्त्रिक पार्टीमा उनी जत्तिकाे प्रभावशाली युवानेता आउन् भन्ने चाहनाका बीच गगन थापा  आफ्नाे आयुकाे एकवर्ष बुढा भएका छन् । साउन ४ गते उनकाे जन्मदिन हाे । एकवर्ष बुढा भएका युवानेता १४ औँ महाधिवेशनमा काँग्रेसकाे नेतृत्वदायी पदमा पुग्लान् कि नपुग्लान् भन्ने चासाे सर्वत्र छ ।

राजादेखि रङ्कसम्म काँग्रेसकाे १४ औँ महाधिवेशनपश्चान काँग्रेसकाे नेतृत्व कस्ताे हाेला तथा नेपालकाे प्रजातान्त्रिक आन्दाेलन के हाेला भन्ने चासाेमा छन् । कम्युनिस्टहरुकाे दवदवायुक्त सदनमा सदैव कम्युनिस्टले पनिड्रप साइलेन्टमा सुन्ने एक काँग्रेस नेता के अब काँग्रेसकाे महामन्त्री हाेलान् ? मानिस हाेलान् कि भन्ने आशामा समय बिताइरहेका छन् तर भएनन् भने भन्ने कुराचाहिँ कल्पनासम्म गर्न चाहन्नन् । याे जन्मदिनसँगै जस्ताे आउने १४ औँ महाधिवेशनबाट  गगन थापाले नेतृत्व गरेकाे काँग्रेस हेर्न चाहनेकाे लर्काे छ । के याे सम्भव हाेला त !

नेपाली राजनीतिले नेपालीलाइ यति धेरै चित्त दुखाइ सकेकाे छ कि गगन थापाजस्ता केही व्यक्तिहरू याे लिस्टबाट हटाइ दिने हाे भने मानिसमा याे व्यवस्था तथा राजनीतिमा एकछिन् पनि बिताउन वा रमाउन राजी हुनेवाला काेहि छैनन् । त्यसैले इतिहासकै गम्भीर पात्रका रूपमा गगन थापा र उनीजस्ता केही पात्रलाइ लिन सकिन्छ । यी मानिसहरू कुनै दिन पार्टी र देशका नेतृत्व गर्लान् र याे देश कहिँ कतै हेर्न लायक बन्ला कि भन्ने आशामा याे देशका धेरै जनता बसेका छन् ।

नेपाली काँग्रेसभित्रकाे कुरा गर्ने हाे भने त यस पार्टीमा  लागेकाे मानिसहरूकाे आशाकापुञ्ज भनेकै गगन थापा तथा उनीजस्ता मुस्किलले आधादर्जन व्यक्तिहरू नै हाे । याे आशालाइ मुखरित हुनका लागि थापा तथा उनीजस्ता केही पात्रहरू पार्टीकाे महाधिवेशनबाट अनुमाेदन हुनुपर्छ । जबसम्म थापा काँग्रेस राजनीतिकाे बागडाेर सम्हाल्ने अबस्थामा पुग्दैनन् उनलाइ बुझ्न चाहनेहरूकाे आम धारणा पनि आधामात्र पूरा हुनेछ । थापालाइ बुझ्न वा उनीसँग के छ भन्ने थाहा पाउन उनी नेतृत्वमा नपुगी अनुभव गर्न पाइनेछैन भन्ने कुरा सबैलाइ थाहा छ ।

आफ्नाे राजनीतिक जीवनकाे ६० प्रतिशत उमेर काटीसकेका गगन थापासँग नेपाली राजनीतिप्रति माेह जगाउने एक अवसर हुनेछ आसन्न काँग्रेसकाे १४ औँ महाधिवेशन । याे महाधिवशेनमा उनी महामन्त्री बन्न सके भने संभवतः काँग्रेसप्रति जनअपेक्षा बढ्नेछ । राजनीतिप्रति घट्दाे जनअपेक्षालाइ सम्बाेधन गर्न गगन थापा वा उनीजस्ता पात्र राजनीतिकाे मूलाधारमा आउनुकाे विकल्प छैन ।

अर्काे ५ वर्ष काँग्रेसमा गगन थापाहरु नेतृत्वमा नआउने र  शेरबहादुर तथा उनका समकक्षी ७० वर्षमाथिका नेताहरूले हाँक्ने स्थिति यस १४ औँ महाधिवेशनले ल्यायाे भने सम्भवतः नेपालीहरूमा राजनीतिप्रति छिटफुट आशा पनि समाप्त हुनेछ । ४० काटेसी रमाउँला भन्ने उमेरमा राजनीतिकाे चुच्चेढुङ्गामा पुगेका थापाकाे काँग्रेस राजनीतिमा आगामी स्टेपका बारे अनुमानमात्र सार्वजनिक भएकाे छ । उनले आफू यसरी याे पदमा आउँदै छु भनेर सार्वजनिक गरेका छैनन् । अघिल्लाे महाधिवेशनमा सिटाैला समूहबाट महामन्त्री पदमा प्रत्यासी भएका थापा यसपाला कुन समूहबाट उठ्लान् भन्ने सम्म कुरा बाहिर आएकाे छैन ।

थापा जुनसुकै गुटबाट उठुन् वा स्वतन्त्र उठून् याे आम मानिसकाे चासाेकाे विषय हैन, आम मानिसकाे चासाे विषयचाहिँ गगन थापाले काँग्रेसलाइ लिड गर्लान् कि नगर्लान् भन्ने हाे । जन्मदिनकाे अवसरमा आम जनताकाे चाहना, सद्भाव तथा आशीर्वाद नै उनी महामन्त्री बनुन भन्ने हाे । भवतु सर्व मङ्गलम् !