• दीपक पाैडेलकाे रिपाेर्ट

देशको राजधानी रहेकाे काठमाडौँ महानगरपालिकाभित्रका अधिकांश स्थानहरुमा फोहोर मैलाको उचित व्यस्थापन नहुनाले राजधानी फाेहरमय, दुर्गन्धित र कुरूप बन्दै गएकाे छ । विशेष गरी अनामनगर , पुरानो बानेश्वर , पुतलिसडक , डिल्लिबजार लगायतका स्थानहरुबाट झण्डै एक हप्तादेखि फोहोर मैला नउठाइएकोले यी ठाउँहरु दुर्गन्धित हुनुका साथ-साथै विभिन्न रोगहरूसमेत फैलन सक्ने जोखिम बढ्दै गएको स्थानिय बासिन्दाहरुको गुनासो रहेको छ ।

शहरी विकाश योजनाका उप-निर्देशक कुमार प्रसाद घिमिरेका अनुसार ठेकदार र कर्मचारीहरुको विवादका कारण यो सम्स्या आइपरेको हो । अचम्मलाग्दो कुरा के छ भने, फ्रन्ट लाईनरको सम्मानमा बनाइएको चित्रकला मेटाउन, कोरोना महमारीको कारण छाक टार्न गार्हो भैरहेका सर्वसाधरणका निम्ती खाना खाने र पकाउने ठाउँमा हस्तक्षेप गरी उक्त ठाउ खाली गर्न जस्ता कार्यमा सकृय महानगर शहर नै दुषित र कुरुप बनाउने गरी थुपारिएको फोहोरको उचित व्यस्थापन गर्नका निम्ती भने खासै चासो देखाइएरहेको छैन । हरेक वर्ष फोहोर व्यस्थापनको लागि भनेर काठमाडौं महानगरले लाखौ बजेट बिनियोजन गर्ने गर्छ । यस वर्ष मात्र काठमाडौं महानगरले फोहोर व्यस्थापनको लागि चौबिस करोड बजेट बिनियोजन गरेको छ ।

वर्तमान मेयर बिद्यासुन्दर शाक्यको मुख्य चुनावी नारा नै सांस्कृतिक, स्वच्छ र जीवन्त शहर भएता पनि काठमाडौं महानगरमा फोहोर मैला व्यवस्थापन सम्बन्धित समस्या भने ज्यूँ का त्यूँ रहेको छ । फोहोर मैला समयमा नउठाउनाले वर्षयाममा थप समस्या भोग्न परेको स्थानिय वसिन्दा हरुको गुनासो रहेको छ । तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा दैनिक १२०० मेटि्क टन ठोस फोहोर उत्पादन हुने गर्छ । फोहोर व्यस्थापन विज्ञ सुमित्रा आमात्य हाल काठमाडौं महानगरले फोहोर व्यस्थापनको लागि अपनाइ रहेको ल्यान्डफिल इस्ट्रसन शैली नै गलत रहेको बताउँछिन् ।

शहरका चोक चोकमा थुपारिएको फोहोरको यथाशीघ्र व्यस्थापान गर्दै दुर्गन्ध र रोगब्याधीहरुको जोखिमबाट बसिन्दाहरुलाई बचाउनका निम्ती स्थानीय वसिन्दाहरुले महनगरलाई अपिलसमेत गरेका छन् ।