टाेखा नगरपालिकाल वडा नं २ मा रहेकाे चण्डेश्वरी द्य:छें  निर्माण हुने भएकाे छ । नेवाः गुथि टाेखाकाे लामाे पहलमा चण्डेश्वरी द्य:छें  निर्मान हुन लागेकाे हाे ।  पुरातत्व बिभागले चण्डेश्वरी द्य:छें  निर्माणका लागि बजेट बिनियाेज गरिसकेकाे  नेवाः गुथि टाेखाका आर्थिक संयाेजक देवराज डङ्गाेलले बताएका छन् ।

नेवारी भाषा,  संस्कृति र सम्पदाका क्षेत्रमा काम गरिरहेकाे नेवाः गुथि टाेखाले  टाेखा क्षेत्र बिकास समिति,नेपाल भाषा क्लब,नेवा ग्वाहाली पुच काे समन्वयमा टाेखामा रहेका सबै स्कुलहरुले यसै बर्षदेखि स्थानिय मातृ भाषा(नेपाल भाषा) कक्षा संचालन गर्ने तयारी गरेकाे छ ।