• केशव पाठक

भनिन्छ राजनीतिमा हरकुराकाे सम्भावना छ । त्यसैले राजनीतिमा सत्रु अनि मित्र हुन्न रे । राजनीतिलाइ सर्सर्ति हेर्ने हाे भने याे कुरा सहीझैँ लाग्छ । हाम्राे नेपालमा त काे कतिखेर सत्रु हुने वा कतिखेर मित्र हुने पत्ताे नै हुन्न । यद्यपि आजकाे यस लेखकाे चुराे सत्रु वा मित्रुतिर नभै राजनीतिमा हरकुराकाे सम्भावना छ भन्ने कुरासँग सम्बन्धित छ ।

अलि वर्षअघि राजधानी उपत्यकासहित पश्चिम नेपालका केहि जिल्लामा नारायणमान बिजुक्छे राेहितकाे पार्टी नेमकिपाकाे राम्रै संगठन थियाे । भक्तपुर त लालकिल्ला नै थियाे । अझै पनि भक्तपुरकाे एउटा क्षेत्र नेमकिपाकाे किल्ला नै हाे । गणतन्त्रकाे आगमनसँगै सुद्ध कम्युनिस्ट भन्ने चाहने मजदुर किसान पार्टी सिमन्तकृत भएर भक्तपुर नगरपालिकामामात्रै समेटियेा । देशका धेरै ठाउँमा रहेकाे नेमकिपाकाे कम्युनिस्ट संगठन छिन्नभिन्न भयाे । काेही  कता लागे काेही कता लागे । तर जता लागे पनि प्रायः कम्युनिस्ट नामधारी ट्रेडमार्क बाेकेका पार्टीतिर नै लागे ।

काठमाडाैँकाे उत्तरी भेकमा एउटा नेवार बस्ती छ वासिक नामकाे । चपली भद्रकाली गाविसकाे २ वटा वडा हाे वासिक । वासिक नेमकिपाकाे गढ थियाे । नेमकिपा छिन्नभिन्न हुने क्रमकाे बाछिटाले वासिकलाइ पनि छाेयाे । ३० काे दशककाे अन्त्यतिर नेमकिपाका सदस्य भएर कम्युनिस्ट आन्दाेलन हाँक्नेहरू, जनतालाइ मुक्तिकाे गाना सुनाउने, जसकाे जाेत उसकाे पाेत भन्नेहरूकाे गढ थियाे  वासिक । त्यसाे त यहाँ काँग्रेस र अरू कम्युनिस्ट पनि थिए तर खासमा नेमकिपाकाे गढ थियाे वासिक ।

वासिकमा अधिकांश नेवार जाति नै बसाेबास गर्छन् । तत्कालिन बेलामा वासिक बस्तीका कतिपय जनसामान्यहरू अरूकाे जग्गा कमाएर(माेही) किसानी कामबाट जीविकाेपार्जन पनि गर्थे । सहर नबनिसकेकाे काठमाडाैँकाे  याे दुर्गम गाउँमा नेमकिपाका नाराहरू बिक्याे । अनि श्यामकृष्ण श्रेष्ठ, काशीलाल  श्रेष्ठहरू कम्युनिस्ट बने । कम्युनिस्ट भएर लामाे समय संगठनमै बिताए ।

कम्युनिस्टका मिठा नारामा माेहित भएर दुइ दशकभन्दा लामाे समय बिताउँदा उनीहरूले कम्युनिस्टका खाेक्रा नाराले कताकता बिझाउँदै थियाे । कम्युिनस्टहरूले नारा र कुरामा जनता भुलाउनेमात्र हुन् किसानकाे हित गर्ने वाला छैनन् भन्ने बाेध श्यामजी र काशीजीमा बिस्तारै जाग्दै थियाे । तर जाने कता ?  साेझाे नेवार बस्तीका साेझा पात्र श्यामकृष्ण श्रेष्ठ र काशीलाल श्रेष्ठ राजनीतिकाे चाैकाचाैँध जान्दैनथ्याे । वासिक बस्तीमा नेमकिपाका अगुवा श्यामजी र काशीजीसामु केही पार्टीहरू भ्रमका पुलिन्दा बाेकेर आएका पनि हुन्  ।

०४९ र ०५४ काे स्थानीय निकाय चुनावमा नेमकिपाका मानिस सूर्य चिन्ह लिएर उठेर जितेकाे कारण एमालेले याे नेमकिपाकाे याे गढमा धावा बाेल्नु स्वभाविक नै थियाे । तर एमालेकाे धावाले याे वासिककाे नेमकिपाकाे किल्ला हल्लिएन । श्यामकृष्ण श्रेष्ठ भन्छन्, “हामीले कम्युनिस्ट भन्नेहरूकाे खाेक्रा आदर्श र नारा भलिभाँती बुझिसकेका थियाैँ । एमाले पनि कम्युनिस्ट नै नामबाट बिजनेस गरिरहेकाे थियाे । हामी लालयित हुन सकेनाैँ ।”

वासिक बस्तीमा काँग्रेस मतदाता तथा स्थानीय नेताहरूकाे पनि  बसाेबास थियाे । स्थानीय सक्रिय काँग्रेसहरू रामहरि भण्डारी, सुशान तामाङहरूले काशीलाल श्रेष्ठ र श्यामकृष्ण श्रेष्ठमार्फत वासिकवासी नेमकिपाहरूलाइ काँग्रेसमा आउन प्रेरित गर्दै  पनि थिए । तर याे प्रयास पनि खासै सफल हुन सकेकाे थिएन । श्यामजी र काशीजीहरू कम्युनिस्ट धङधङ्ति बिर्सँदै आफ्नाे जीवनलाइ व्यवसायमा तल्लिन हुन खाेज्दै थिए । आफ्नाे समाजलाइ पनि खाेक्रा आदर्श र नारातिरभन्दा कामतिर लाग्न सिकाउन खाेज्दै थिए । यसैक्रममा श्रेष्ठ द्वयले रियलस्टेटकाे व्यवसाय सुरू गरे । काम हुन थाल्याे । काम भएपछि आम्दानी हुन थाल्याे । नाराले पेट पालिँदैन भन्ने कुरा पुष्टिहुँदै जाँदै थियाे ।

०६३ सालमा गणतन्त्र आयाे । नयाँ परिवेशमा पुराना पार्टीहरू निकै कमजाेर देखिन थाले काँग्रेस एमालेसहित नेमकिपा पनि गणतन्त्रपछि कमजाेर देखिए ।

यहि काेही कमजाेर काेही सशक्त हुने खेल चलिरहेकाे बेला वासिक गाउँका नेमिकपाबीच एक पात्रले मन छाेइरहेकाे थियाे । त्याे पात्र थिए गगन थापा । काठमाडाैँ क्षेत्र नं ४ कै एक गाउँ भएकाले पनि गगन थापालाइ चिन्न, बुझ्न र देख्न सजिलाे थियाे वासिकवासीलाइ । एकातिर रामहरि भण्डारी, सुशान तामाङहरुकाे निरन्तरकाे प्रयास अर्काेतिर गगन थापा जस्ताे तेजिलाे भविष्य भएकाे नेता देखेर उनीहरू आकर्षित हुँदै थिए ।

आकर्षित हुनु एकातिर थियाे गगन थापाकै पार्टीमा प्रवेश गर्ने कुरा अलिक भिन्नै थियाे । याे संयाेग जुटिरहेकाे थिएन । प्रयास गर्ने पात्रहरू बढ्दै थिए । राजु श्रेष्ठ पनि प्रयास गर्ने सदस्यमध्ये एक भए । अनि ०७० काे संबिधानसभाकाे चुनावकाे मुखमा वासिक बस्ती काँग्रेसतिर जान मुड बनायाे । काशीजी र श्यामजीले यसकाे नेतृत्व गरे । कम्युनिस्ट पार्टीमा लागेकाे करिब ३० वर्षपछि श्रेष्ठद्वयकाे नेतृत्वमा नेमकिपाकाे एउटा बस्तीनै काँग्रेस बन्याे ।

श्यामकृष्ण श्रेष्ठ

श्यामजी भन्छन्, “गगन थापा जस्ताे मान्छेकाे पार्टीमा जान लाग्दा हामीलाइ गर्व अनूभूति भैरहेकाे थियाे त्यतिखेर । पार्टी प्रवेश गर्दा हामीले हामीलाइ के चाहिन्छ वा के पाइन्छ भन्ने बार्गेनिङसम्म गरेनाैँ ।”

काशीजी भन्छन्, “हुनत हाम्राे छेवैमा शेरबहादुरजीकाे घर थियाे, हाम्रै दाजुभाइले कमाएर खाएकाे जमिनलाइ किनेर देउवाजी त्यहाँ बस्नु भएकाे थियाे । तर हामी राजु दाइ तथा गगन थापाकाे कारण काँग्रेस बन्न तयार भएका थियाैँ ।”

श्यामजी सम्झन्छन्, “बेला बेला गाउँमा कम्यूनिस्ट र काँग्रेसकाे ठूलाे झगडा पर्थ्याे । गाउँले दाजुभाइमा भएकाे यस्ता झगडाले श्यामजी र काशीजीलाइ दिक्क बनाउँथ्याे । यसरी गाउँनै उल्टिएर काँग्रेसतिर जानमा याे पनि एउटा कारण हुनसक्छ ।”

एउटा कार्यक्रम आयाेजना गरेर गगन थापाकाे हातबाट राताे टीका लगाएर श्यामजी, काशीजीहरू काँग्रेस आएकाे त्याे दिन वासिकका साेझा नेवारहरूकाे टर्निङ प्वाइन्ट थियाे । “सायद हामी गरिखान सिकाउने काँग्रेस नै थियाैँ, तर नारा लगाउन मात्र सिकाउने कम्युनिस्टहरूले  भ्रममा राखेका थिए ।” काशीजीले भने ।

काशीलाल श्रेष्ठ

काँग्रेसमा आएपछि केही दिन उनीहरूलाइ नयाँ पार्टी नाैलाे नै भयाे । जनवादी केन्द्रियतामा बसेकाहरू जसलाइ जतिखेर पनि गाली गर्न मिल्ने पार्टीमा सहज हुन केही समय लाग्याे । सिङ्गाे गाउँ काँग्रेस भएकाे दिन पार्टीले दूइजना क्षेत्रीय सदस्यमा मानाेनित गरेकाे थियाे भने ३ जनालाइ इकाइ सदस्यमा राखेकाे थियाे । यसैबीच काँग्रेसकाे १३ औँ महाधिवेशन आयाे । श्यामजी र काशीले निकै मेहनत गरेर वासिकमा केही थान क्रियाशील सदस्यहरुकाे संख्या बढाए । काँग्रेसमा प्रवेश गरेकाहरूलाइ विचलित नबनाउन श्रेष्ठद्वयले निकै मेहनत गरे ।

अब श्यामजी र काशीजी पूर्णतः काँग्रेस भैसके । उनीहरूले काँग्रेसलाइ भाेट हालेकाे ३ वटा चुनाव भैसक्याे । यसबीचमा उनीहरूले काँग्रेसले नै सूर्य चिन्हमा भाेट हालेकाे पनि देख्न पाए । यही कुराले उनीहरू दुखित बन्ने गरेकाे बताउँछन् । उनीहरूलाइ काँग्रेसभित्रकाे अन्तर्घाती चरित्रचाहिँ अबलम्बन गर्न नपराेस् भन्ने लाग्छ । “साेझाे बनेरै पार्टी काम गर्न पाइयाेस् छट्टु बन्न नपराेस्” काशीजीले भने ।

काँग्रेस यतिखेर १४ औँ महाधिवेशनकाे मुखमा छ । श्यामजी, काशीजीहरू भेटघाट र छलफलमा व्यस्त छन् । तर उनीहरूकाे ठूलाे दावी केही छैन । श्यामजी भन्छन्,  ‘सकभर पार्टीले नै मूल्यांकन गरेर तँ याे पदमा बसेर काम गर् भनिदिए हुने । त्यसाे भएन भने पनि ठूला ठूला पदमा दावी गरेर आफूलाइ हल्का बनाउने पक्षमा छैनाैँ”

निकै  खाेर्याएपछि बल्लबल्ल काशीजी र श्यामजीले आफ्नाे सानासाना चाहनाबारे बाेले ।  काशीजीलाइ जिल्ला सदस्यसम्म बन्न मन देखियाे त्यसैगरी श्यामजीलाइ प्रदेशकाे उपसभापतिसम्म बन्न त पाउँछु कि भन्ने थियाे ।

श्यामजी र काशीजीलाइ अधिवे शनमा के पाउने वा के पाइएला भन्ने भन्दा पनि  अब एकवर्षभित्रमा  हुने स्थानीय निकाय चुनावमा काँग्रेस एक भएर चुनाव जितेकाे हेर्न मन छ । “विशेष गरेर बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा काँग्रेस एक भएर  चुनाव जिताएकाे दिन काँग्रेस भएकाे सार्थकता पाइने थियाे”, श्यामजीले भने ।

आजभन्दा ८ वर्षअघि श्यामजी र काशीजी काँग्रेसमा आउनुमा आशा तथा भराेसा जुन पात्रकाे थियाे, ती थिए गगन थापा । एकदिन “तिनै गगन थापाले काँग्रेसकाे नेतृत्व गर्लान् अनि एकदिन गगन थापा नेपालका प्रधानमन्त्री हाेलान् भन्ने अन्तर्मनकाे चाहना छ,” काशीजीले थपे ।