Privacy Policy

आचार संहिता

नेशनल मिडिया प्रालि द्वारा संचालित “काठमाडौँखबर डट कम” र वेव पेज, सोसल मिडिया, इन्टरनेट र इमेल प्रयोग सम्बन्धी आचारसंहिता यस प्रकार बनाइएको छ ।

अनलाइन समाचारको लागि समाचार श्रोत, सूचना र समाचार उपयोगसम्बन्धमा सोसल मिडियाको उपयोगअन्तर्गत चलनचल्तीमा रहेका फेसबुक, ट्विटर, गुगल प्लस आदिको उपयोग काठमाडौँखबरनले गर्नेछ । यसमा यस संस्थामा कार्यरत पत्रकारको उपस्थिति र सक्रियता रहनेछ । यही इन्टरनेट र सोसल मिडियाको प्रयोगका बारेमा व्यवस्थित बनाउन यो आचारसंहिता निर्माण गरिएको हो ।

१)समाचारसम्बन्धि कार्यसम्पादनका लागि आवश्यक अध्ययन, अनुसन्धानका लागि इन्टरनेटको प्रयोग गर्न पत्रकारलाई इन्टरनेटको प्रयोग गरिनेछ । तर सामाजिकरुपमा बर्जित सामग्री भएका वेबसाइट हेर्न निषेध गरिएको छ ।

२) इन्टरनेटजस्तै इमेलको उपयोग समाचार तथा समाचार श्रोतसँगको सम्पर्क, कुराकानी र पत्राचारका लागि गरिनेछ । आधिकारिक इमेल आइडीको प्रयोग गर्न गरिनेछ । तथापि अफिसियल इमेललाई पत्रकारले व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्न दिइने छैन ।

३) काठमाडौँखबरमा कार्यरत पत्रकारहरुको सोसल मिडियामा उपस्थिति र सक्रियता छ । हाम्रा पत्रकारले सोसल मिडियामा अकाउन्ट बनाउँदा निम्न विषयमा ध्यान दिनेछन् ।

४) सामाजिक सञ्जालमा आफ्नो काठमाडौँखबरनको पद खुलाएर उपयोग गरिनेछ ।

५) काठमाडौँखबरका पत्रकारले सोसल मिडियामा निजी र व्यक्तिगत उपस्थिति देखाउन चाहेमा पेशागत मर्यादा कायम राखी काम र व्यक्तिगत प्रयोजनका लागि छुट्टाछ्ट्टै खाता खोल्न सक्नेछन् ।

६) समाचारमा सोसल मिडियाको प्रयोग महत्वपूर्ण हुने गर्दछ । सोसल मिडियाबाट प्राप्त समाचार र सूचनाको अनिवार्य रुपमा विश्वसनियता परीक्षण गरेर उपयोग गरिनेछ ।

७) साभार गरिएको वा अनुवाद गरिएको समाचारको श्रोत अनिवार्य खुलाइने छ ।

८) काठमाडौँखबरमा पोस्ट गरिएको कुनै समाचारमा गल्ती भएको थाहा पाउनासाथ * चिन्ह राखी सच्याइने छ र पाठकले बुझ्ने गरी क्षमायाचना गरिनेछ ।

९) आधाकारिकरुपमा जानकारी नभएका समचारलाई आधिकारिकरुपमा समाचारमा राख्नुपूर्व सोसल मिडियामा पोस्ट गरिनेछैन ।

१०) सोसल मिडियाबाट सामग्री तथा लिंक डिलिट पूर्व कुनै गल्ती भएमा त्यस्ता लिंक तथा सामग्री हटाउन सकिन्छ । सामग्री हटाउँदा सोसल मिडियामा पोस्ट गरिएका सामग्री तथा लिंक डिलिट गर्दा पाठकलाई सोही माध्यमबाट जानकारी दिइनेछ । गल्ती भएको थाहा पाउनासाथ सच्याइनेछ र माफी मागिनेछ ।

११) काठमाडौँखबरका पत्रकारले सोसल मिडियामा राजनीतिक दलका नेता कार्यकर्ता, व्यवसायी लगायतका सम्भावित श्रोत र न्यूजमेकरलाई फलो गर्न तथा नेटवर्कमा जोड्न पाउनेछन् ।

१२) काठमाडौँखबरमा कार्यरत पत्रकार कुनै राजनीतिक वा सामाजिक अभियानमा आधारित पेज वा ग्रुपमा कमेन्ट गर्नु वा लाइक गर्नुपूर्व त्यसले आफ्नो सम्पादकीय नीति र कार्यरत संस्थाको प्रतिष्ठामा आँच नआओस् भन्नेमा पूर्णतः सचेत बन्नेछन् ।

१३) काठमाडौँखबरका पत्रकारले कुनै राजनीतिक दल, संस्था वा अभियानको समर्थन वा विरोधमा सामाजिक संजाललाई उपयोग गर्ने छैनन ।

१४ )काठमाडौँखबरका पत्रकारले सोसल मिडियामा लेख्दा पनि सत्यता, निष्पक्षता र सन्तुलन जस्ता पत्रकारिताका मान्यतालाई कायम राख्ने छन् ।

१५) काठमाडौँखबरमा कार्यरत पत्रकारले नेशनल मिडिया तथा काठमाडौँखबरका औपचारिक बैठक, अन्तरक्रिया र छलफलमा उठेका विषयमा ब्लग वा विचार लेख्ने छैनन् । संस्थाको सम्मानमा ठेस पुग्ने वा बदनामी हुने कुनै पनि काम नगर्ने ।
१६) काठमाडौँखबरबारे सोसल मिडियामा गरिएका आलोचना र नकारात्मक वा सकारात्मक प्रतिक्रियाबारे जतिसक्दो चाँडो प्रधानसम्पादकलाई जानकारी गराइनेछ । प्रधानसम्पादकसँग सल्लाह नगरी आलोचना र प्रतिक्रियाको जवाफ दिइने छैन ।

काठमाडौँखबर डट कम को समाचार नीति यसप्रकारको रहनेछ ।

१) काठमाडौँखबर डट कम राष्ट्रिय अन्तर्राष्ट्रियका साथै क्षेत्रीय एवम् स्थानीय समाचार, विचारलाइए अनलाइनमार्फत पाठकहरुलाई सुसुचित पार्ने न्युजपोर्टल हो ।

२) हामी समाचारको एक्सक्लुसिवमा प्रतिस्पर्धा गर्दैनौ । अर्थपूर्ण, हिंसारहित तथा सामाजिक भावना विपरित नहुने समाचारलाई अपडेट गर्ने काम काठमाडौँखबरनको हो ।

३) काठमाडौँखबरमा प्रकाशित समाचार विश्वस्नीय र शेयर गर्न योग्य हुनेछ भन्ने विश्वास पाठकमा बनाउन सक्नु हाम्रो सफलता हुनेछ । कसैको प्रायोजित वा सुनियोजित र्यांकिङमा हामी विश्वास गर्दैनौँ ।

४) दुर्घटना जस्ता समाचारका न्युज राख्दा मृत्यु हुनेको संख्या, कल साइन वा गाडी नम्बर र दुर्घटना स्थलबारे अन्यौल कायम रहँदासम्म हिट हुने नाममा केही पनि प्रकाशन गरिने छैन ।

५) काठमाडौँखबरका संवाददाताले पठाएको वा टिपाएको समाचारलार्ई बाइलाइनसहित प्रकाशन गरिनेछन् ।
६) अन्य समाचारजन्य वेबसाइट, टेलिभिजन, रेडियो आदिले ब्रेक गरेका महत्वपूर्ण समाचारलाई आफ्ना सम्बाददाताको तर्फबाट पुष्टि नहुन्जेल फलानो मिडियाको भनेर प्रकाशन गरिनेछ ।

७) काठमाडौँखबरले लाइभ भिडियो पोस्ट गर्नेछ । व्यक्तिहरुसँगको कुराकानी, कार्यक्रमको प्रत्यक्ष प्रसारणलाई सामाजिक संजालमार्फत प्रशारण गरिनेछ । प्रत्यक्ष प्रशारण गरिएका विषयलाई युट्युवमा अर्काइभ राखिनेछ ।

८) जिल्ला संवाददाताले पठाउने समाचारलाई सामान्यतया भेरिफिकेसन गरिने छैन । तर समाचारको प्रकृतिप्रति भने सचेत हुनेछौँ ।
अन्तर्रा्ष्ट्रिय समाचार सम्बन्धमा काठमाडौँखबरनेपाली भाषामा प्रकाशित भए पनि ग्लोबलरुपमा प्रकाशित हुनेछ । हामी अन्तर्रा्ष्ट्रिय समाचारलाई पनि प्रकाशन गर्नेछौँ । विदेशमा भएका नेपाली गतिबिधिप्रति हाम्रो चासो बढि हुनेछ ।

९)लागि विषयवस्तु छनौट गरेर ग्ल्यामर पनि काठमाडौँखबरमा रहनेछ तर ग्ल्यामरको नाममा अश्लीलतालाई पस्किने छैन । ग्ल्यामर अनुवाद वा श्रोतबाट लिइएको हो भने अनिवार्य उल्लेख गरिनेछ ।

१० ) तस्वीर बिनाको समाचार र फिचर अनलाइन पत्रकारितामा अर्थपूर्ण रहँदैन । यसका लागि आवश्यक पर्ने तस्बिर र स्केच सकेसम्म आफ्नै स्रोतबाट उपयोग गर्ने प्रयास गरिनेछ अन्यथा गुगल वा अन्य अनलाइन स्रोतबाट तस्बिर उपयोग गर्दा स्रोत उल्लेख गरिनेछ । कपिराइट भएका तस्बिर उपयोग गरिने छैन तर भूलवश उपयोग भएमा सम्बन्धित कपिराइटवाहकले जानकारी दिनेबित्तिकै हटाइनेछ । नेपालको कपिराइट कानुन लाई अवलम्बन गरिनेछ

११) नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति लगायत अन्य समाचार एजेन्सीको समाचारलाई प्रकाशन गरिनेछ । पूर्नलेखनमा पनि यी एजेन्सीको समाचार प्रकाशन गरिनेछ । यस्ता समाचारको अन्तिममा सम्बन्धित समाचार एजेन्सीको नाम उल्लेख गरिनेछ ।

१२) भूल सबैबाट हुने कुरो हो । यसलाई मानवीय कमजोरी भन्न सकिन्छ । काठमाडौँखबरआफ्ना समाचार प्रकाशनमा कुनै गल्ती गर्न गएमा स्पष्ट उल्लेख हुने गरी सम्पादकको नामबाट तत्काल भूल सुधार गर्नेछ । भूल सुधार गरिएको सूचना समाचारमा स्पष्ट उल्लेख गर्नेछ । भूल सुधारपश्चात पनि पूरै समाचार डिलिट हुने छैन।